
आदिकवि भानुभक्तको २११ औं जन्मजयन्ती मनाइयो


नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा उनका रचना वाचन गर्ने गरिन्छ ।
आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा-प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ ।
आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए । आदिकविले रचना गरेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
प्रतिक्रिया