भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

परराष्ट्र सचिव सेवा लम्सालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । उनी नयाँ दिल्लीमा दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुने क्रममा भारतका प्रधानमन्त्री मोदीसँगको सामूहिक भेटवार्तामा सहभागी भएकी हुन् ।

बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास क्षेत्रीय संगठन हो । उक्त संगठनको दोस्रो बिमस्टेक विदेशमन्त्रीहरुको रिट्रीटमा परराष्ट्रमन्त्रीको हैसियतमा सहभागिता जनाउनको लागि सचिव लम्साल दिल्ली गएकी हुन् । सचिव लम्साल सामूहिक भेटवार्तामा नेपालको परराष्ट्रमन्त्रीकै हैसियतमा सहभागी गएकी हुन् ।

नेपालका राजनीतिक उतार-चढाबका कारणले गर्दा सचिव लम्साललाई सरकारले उक्त कार्यक्रममा सहभागिता जनाउन पठाएको हो । उनले बिहीबार भारतका परराष्ट्रमन्त्री एस. जयशंकरलाई भेटेकी थिइन् भने बिमिस्टेक रिट्रीट कार्यक्रममा पनि सहभागी भइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर