यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ जना चालक कारबाहीमा

काठमाडौँको बल्खुमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ३१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६६ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ३१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०१–००६ ख २९८५ नम्बरका बस चालक काभेपलाञ्चोकको धुलिखेल नगरपालिका ६ का २५ वर्षीय हरि थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर