अनुभवी टिमलाई पनि हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख

नेपाली क्रिकेटर आसिफ सेखले टी-२० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताएका छन् ।

शुक्रबार इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सी, काठमाडौंले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताए ।

उनले विश्वकपबाट धेरै सकारात्मक कुराहरू लिन सकिने बताए । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर नै अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको उनले बताए ।

‘विश्वकपमा अनुभवी टिमहरूसँग खेलेपछि हामी पनि त्यस्ता टिमहरूलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ । विश्वकप खेल्न टिममा धेरै नै उत्साहित थियौं,’ उनले भने, ‘त्यसबाट लिन सक्ने सकारात्मक कुरा पनि धेरै नै छ । अफगानिस्तानबाट पनि खेल्नलाई हामीलाई बोलाउनुभयो । यो धेरै राम्रो पक्ष हो ।’

यस सम्झौताबाट दीर्घकालिन सहकार्य बढ्ने र एकआपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास कन्सलटेन्सीको छ । सम्झौता हाललाई २ वर्षको रहने र आवश्यकताबमोजिम एकआपसको समझदारीमा सम्झौता बढाउँदै जाने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर