राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीच भएको सत्ता समीकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए । उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरूद्धमा गएको नभई तत्कालीन विषयवस्तुहरूको आधारमा निर्णय गर्ने गरेको बताए ।

‘पहिला पनि तपाईंहरू भएभरका सांसदहरूले वर्तमान प्रधानमन्त्रीलाई भोट दिदाँखेरि उहाँको बालकोट यात्राले गर्दाखेरि राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन । त्यहाँबाट फर्किएर आएपछि त समर्थन ग¥यो नि त । त्यसो भएको हुनाले यो कोही पार्टीप्रतिको पूर्वाग्रह होइन,’ अध्यक्ष केसीले भने, ‘हामीले यो लोकतन्त्र, गणतन्त्रलाई जोगाउन सक्छौं कि सक्दैनौं ? संकट यसमा छ । प्रधानमन्त्री बालकोट जाँदाखेरि समर्थन नगर्ने, अनि ९० सिटवाला पार्टीको नेता अहिले बालकोट जाँदाखेरि राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ? दुईथरीलाई नै गर्दैन ।’

उनले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *