विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढेको छ : अध्यक्ष राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले विश्वास र अविश्वासको प्रक्रियाबाट राजनीति अघि बढिरहेको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले छिटो–छिटो विश्वास अविश्वासमा र अविश्वास विश्वासमा परिणत भइरहेको बताए । उनले विश्वास र अविश्वासको प्रक्रियाबाट शासन व्यवस्था र सरकार गुज्रिरहेको बताए ।

उनले यसबाट कोही पनि निराश हुनु नपर्ने बताए । उनले यसलाई ‘पख्लास’ र ‘चाख्लास्’ को विषयवस्तु बनाउन नहुने बताए ।

‘विश्वास अविश्वासमा परिणत हुन्छ, अविश्वास विश्वासमा परिणत हुन्छ र त्यो छिटो–छिटो हुने गरेको छ,’ अध्यक्ष राईले भने, ‘त्यसो भएको हुनाले यो विश्वास र अविश्वासको प्रक्रियाबाट हाम्रो शासन व्यवस्था र सरकार गुज्रिरहेको छ । यसबाट कोही पनि निराश हुनुपर्दैन । यसलाई ‘पख्लास्’ र ‘चाख्लास्’ को विषयवस्तु पनि बनाउन मिल्दैन । यो स्वाभाविक संसदीय प्रक्रिया हो ।’

अध्यक्ष राईले जनता समाजवादी पार्टीले दुई ठूला दलहरू मिलेर जाने कुरालाई समर्थन गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *