प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चेतावनी : जातजातिलाई भड्काएर आफ्नो रोटी नसेक्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न चेतावनी दिए । उनले हीरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताए ।

उनले जातीय छुवाछुतविरूद्धको कानुन राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गरे । उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातीयताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे ।

‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन । त्यसले हामीजस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हीरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ, यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा,’ प्रमुख सचेतक शाहीले भने, ‘जातीय छुवाछुतविरूद्धको कानुन अहिले बनेको हो ? राजा महेन्द्रको पालमा २०२० तिर यो कानुन बनाइएको हो ।’

प्रमुख सचेतक शाहीले शर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न आग्रह गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *