नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

लगातारको वर्षासँगै आएको पहिरोले अवरूद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरूद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।

उनका कानुसार इच्छाकामना गाउँपालिका–६, कालीखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९, सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।

सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य जारी छ । अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *