कांग्रेस-एमालेलाई कसले किन मिलाइदिएको हो घामजतिकै छर्लंग छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्य आफैं नबनेको बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ सुरू गरेको जिकिर गरे । उनले आफूले विधिको शासन सुरू दाबी गरे ।

उनले कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए ।

‘कांग्रेस–एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन,’ प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजति नै छर्लंग छ । सिधै कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।’

उनले अपमान र प्रतिशोध नभई सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *