सुशासनका निम्ति सम्झौता नगर्ने अठोटका कारण वर्तमान अवस्था सिर्जना भयो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोटका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीका रूपमा आफूले सुशासन कायम गर्ने सङ्कल्प गरेको बताएका हुन् ।

‘मैले सङ्कल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढङ्गको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसङ्कल्प छु,’ प्रधानमन्त्री दाहालले भने, ‘राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गरियो । सरकारले विश्वविद्यालयमा योग्यताका आधारमा नेतृत्व स्थापित गराउने प्रयास गर्‍याे । जनतालाई सुशासनको अनुभूति गराउने प्रयास भयो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास मेरो नेतृत्वको सरकारले गर्‍याे ।’

द्वन्द्वतिर नलागौँ
प्रधानमन्त्री दाहालले सहमतिविपरीत संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर नलैजान आग्रह गरे । उनले संविधानसभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचारविमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।

राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताउँदै प्रधानमन्त्रीले भने, ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्मा सुरू गर्न सकिन्थ्यो ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *