सर्लाहीबाट काठमाडौं आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, ११ जना घाइते

सिन्धुलीमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको विंगर हाइस शुक्रबार बिहान ११:४० बजे सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ स्थित सुनकोशी मरिन डाइभर्सन इलाकामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गति अनियन्त्रित भई दुर्घटना भएको हाइस सडकबाट करिब ३० मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर शुभजीवन अस्पताल, खुर्कोट अस्पताल पठाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर