ओलीलक्षित प्रचण्डको टिप्पणी : संसद विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउन खोजे

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेको आरोप लगाएका छन् ।

उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेकाहरूले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।

उनले अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए ।

‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरूलाई र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो,’ प्रधानमन्त्री दाहालले भने, ‘ती साथीहरूलाई म यति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।’

उनले एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताए । उनले नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिई बस्न रूचि नभएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको बताए ।

प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर कांग्रेस र एमाले मिलेको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *