पृथ्वी राजमार्ग सात घण्टापछि खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा पहिरो खसेर अवरूद्व भएको सडक सात घण्टापछि खुलेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

‘ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो,’ उनले भने, ‘अहिले दुईतर्फी सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।’

पहिराले अस्पतालमा क्षति, सेवा बन्द
तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।

अस्पतालबाट अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट नियमित सञ्चालन भइरहेको प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्ण रूपमा बन्द हुने अस्पतालले एक सूचना निकालेर जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *