प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ‘ह्वीप’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *