सिमताल पहिरो अपडेट : ६५ जना यात्रुसहित बेपत्ता दुईवटा बसको खोजी कार्य सुरु

पहिरोमा परी त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य सुरु भएको छ । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।

बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *