नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो, यातायात ठप्प

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको विभिन्न स्थानमा गएराति पहिरो खसेको छ । पहिरोका कारण यातायातका साधनहरु ठप्प भएका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई बगाएको छ । त्रिशुली नदीमा खसेका बसको खोजतलास भइरहेको छ ।

त्यस्तै, भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा पनि पहिरो खसेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौँ जाँदै गरेको बसका चालकको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना–६ कालिखोला नजिक आज बिहान ४ः१५ बजे लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो पन्छाउने काम भइरहेको छ भने दुवै राजमार्ग दुईतर्फी अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *