आर्थिक र वित्तीय स्थायित्व दिने गरी आगामी मौद्रिक नीति तय हुन्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक र वित्तीय स्थायीत्व दिने गरी आगामी मौद्रिक नीति तय हुने बताएका छन् ।

बिहीबार इकोनोमिक मिडिया एशोसिएशन, नेपालले काठमाडौंमा आयोजना गरेको प्रि–मौद्रिक नीतिबारे छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकको अन्य केही उद्देश्य नभएको भन्दै मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति ल्याउने बताए ।

उनले बैंकिङ क्षेत्रलाई कसरी चुनौतीसँग सामना गर्न सक्ने बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताए । उनले बैकिङ क्षेत्रमा सबैको सधैं आकर्षण रहने बनाउन सक्नुपर्ने बताए । उनले कुनै व्यवसायलाई असर पर्ने नीति नआउने बताए ।

उनले बैंकिङ क्षेत्रसँग भएको स्रोतलाई उत्पादनमूलक क्षेत्रमा लैजाने र थोरै भए पनि रोजगारी सिर्जना गर्ने गरी बैंकहरू लाग्न आवश्यक रहेको बताए । उनले निर्यात मुलुकमा उद्योग स्थापना गर्ने काममा बैंकको स्रोत प्रयोग हुन आवश्यक रहेको बताए ।

उनले मौद्रिक नीति बनाउने काममा राष्ट्र बैंक अन्तिम चरणमा पुगेको बताए । उनले राष्ट्र बैंकले गर्न सक्ने जति नीतिहरूमा सीमाभित्र रहेर काम गर्ने बताए । उनले मुलुकको अर्थतन्त्रका समग्र सूचकहरू हेर्दा निर्माण उद्योग र औद्योगिक उद्योग ऋणात्मक भएको बताए ।

उनले होटल, ऊर्जा क्षेत्रमा उत्साहजनक वृद्धि भइरहेको भन्दै समग्र सबै क्षेत्र नकारात्मक छ भन्ने धारणा राख्न नहुने बताए । उनले मौद्रिक नीतिले उद्योग व्यवसायको वातावरण सहज बनाउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर