एमालेमा मन्त्री छनोटको जिम्मा अध्यक्ष ओलीलाई

नेकपा (एमाले) ले नयाँ बन्ने सरकारमा मन्त्री छनोटको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

बुधबार बसेको पार्टी सचिवालयको बैठकले उक्त निर्णय गरेको एमालेकी सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा छ । प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने निश्चितप्रायः छ ।

नयाँ सत्ता समीकरणको सहमति गरेका एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डाको विषय भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर