भारतीय प्रधानमन्त्री मोदीको रूस भ्रमण : सम्बन्ध र सहकार्य थप विस्तारको तयारी

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मस्को भ्रमण गरेपछि रूस र भारतले विभिन्न क्षेत्रमा सहयोगलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वर्तमान जटिल र अनिश्चित भूराजनीतिक परिस्थितिमा रूस-भारत सम्बन्ध स्थिर रहने बताइएको छ । दुवै देशका नेताहरूले उनीहरूको विशेष र विशेषाधिकारप्राप्त रणनीतिक साझेदारीको निरन्तर सुदृढीकरण र विस्तारलाई उल्लेख गरेका छन् ।

युरेशियन इकोनोमिक युनियन र भारतबीच स्वतन्त्र व्यापार सम्झौताको सम्भावनासहित व्यापार उदारीकरणमा देशहरूले आफ्नो वार्ता जारी राख्ने बताइएको छ । दुई राष्ट्रहरू द्विपक्षीय व्यापारको वृद्धिलाई गति दिन सहमत भएका छन् । व्यापार कारोबार सय अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ ।

नेताहरूले सन् २०३० सम्ममा देशहरूबीच आर्थिक सहयोगका रणनीतिक क्षेत्रहरूको विकासका लागि कार्यक्रम तयार गर्न पनि सहमति जनाएका छन् । दुई देशहरूले सुरक्षाको सम्बन्धमा पनि वार्ता गरेका छन् । क्षेत्रीय सुरक्षा संरचनालाई सुदृढ गर्न सहमत भएका छन् । युक्रेन संकटका सम्बन्धमा रूस र भारतले कूटनीति र द्वन्द्वका दुवै पक्षको संलग्नताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

पुटिन र मोदीले गाजामा मानवीय सहायताको प्रभावकारी वितरणको लागि वकालत गर्दै युद्धविराम र गाजा पट्टीमा बन्धकहरूलाई तुरून्तै रिहा गर्न संयुक्त राष्ट्रको प्रश्तावको कार्यान्वयन गर्न पनि आह्वान गरेका छन् । ऊर्जाका लागि रूस र भारतले कोइला क्षेत्रमा नयाँ दीर्घकालीन सम्झौता र थप सहयोगलाई विचार गर्न सहमत भएका छन् ।

भ्रमणका क्रममा मोदीलाई अर्डर अफ सेन्टबाट सम्मानित गरिएको थियो । रूसी नेताले रूसी शहर काजानमा शरद ऋतुमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा पनि मोदीलाई निम्तो दिएका थिए । मोदीले जुलाई ८ देखि ९ सम्म रूसको आधिकारिक राजकीय भ्रमण गरेका थिए । पछिल्लो पाँच वर्षमा मोदीको यो पहिलो रूस भ्रमण थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर