प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने जसपाको निर्णय

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रतिनिधिसभामा पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले शुक्रबार (असार २८ गते) विश्वासको मत लिँदैछन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट हालै अलग भएको जसपाका प्रतिनिधिसभामा ७ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *