बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित पसाहा पुल नजिकै बिहीबार यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घाइतेहरूलाई सशस्त्र प्रहरीले उद्धार गरी अस्पताल पठाएको छ । मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ३१ जना यात्रु सवार थिए ।

सो दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण, बाराबाट खटिएको सुरक्षा फौज उनीहरूको उद्धार कार्यमा जुटेको थियो ।

गम्भीर घाइते दुई जनालाई उक्त गणको गाडीमार्फत र अन्य घाइतेहरूलाई एम्बुलेन्समार्फत सिमरा अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर