कपिलवस्तुमा ५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कपिलवस्तुमा एक महिलालाई जबरजस्ती करण गरेको आरोपमा एक जना पक्राउ पक्राउ परेका छन् ।

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–३, बानियाँभार बस्ने ३६ वर्षीय किस्मत मगर पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार उनलाई बुधबार दिउँसो इलाका प्रहरी कार्यालय, सुन्दरीडाँडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई सोही ठाउँस्थित चम्मरभुजिया जंगलमा लगी जबरजस्ती करणी गरेको आरोप छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर