आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

आदिकवि भानुभक्त पुरस्कार महेश सन्न्यास आश्रम देवघाटका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने भएको छ ।

नेपाली शिक्षा परिषद्ले आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो । उक्त पुरस्कारको राशि एक लाख २५ हजार रूपैयाँ रहेको छ ।

परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कार सरस्वतीलाई प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव लक्ष्मण थापाले जानकारी दिए । उक्त पुरस्कार भानुभक्तको जन्मजयन्तीका अवसरमा यही असार २९ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर