
युक्रेनसँगको युद्धमा मारिएका भारतीयका परिवारलाई रूसले दिन थाल्यो क्षतिपूर्ति


तस्बिर : एसोसिएटेड प्रेस (एपी) ।
युक्रेनविरूद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।
रूस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाख रूपैयाँमध्ये पहिलो किस्ताबापत ४५ लाख रूपैयाँ पठाइसकेको र बाँकी केही दिनमै पठाउने जनाइएको छ ।
मोदीले भ्रमणका क्रममा रूसी राष्टपति भ्लादिमिर पुटिनसँग रूसी सेनामा भर्ना भएका भारतीयका बारेमा चासो राखेका हुन् ।
रूसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ । त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानका नागरिक भएको बताइएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया