तोलामा ८०० रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय रूपैयाँ निर्धारण भएको छ ।

बुधबार प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय रूपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० रूपैयाँ मा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ८५ रूपैयाँ निर्धारण भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर