कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाउन आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धासुमन अर्पण गर्दै उनले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताए । उनले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहनाबमोजिम काम गर्न आवश्यक रहेको बताए ।

उनले विभिन्न बहानामा प्रतिगामी तत्त्वहरूले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई माथि उठ्न दिन नहुने बताए ।

उनले भने, ‘अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रूपमा अघि बढाएर अहिलेका उपलब्धिरू खोस्न चाहने प्रतिगामी तत्त्वहरूलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरूलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर