अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान  पहिरो खस्दा राजमार्गमा दुईतर्फी  नै यातायात आवागमन रोकिएको थियो । अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

उनले आवागमन  दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताए । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ  । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसँग छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *