कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल

बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ ।

विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो ।

भू तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो ।

कार्यालयका प्रमुख वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *