मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दाजु–बहिनी घाइते

भरतपुर महानगरपालिका–२९ भतेरीमा बुधवार राति ९ बजे मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश ३–०३–०२१ प २६२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक भरतपुर–११ बस्ने वर्ष ४८ को कुईके गुरुङ र निजकी बहिनी ४० वर्षीय आइतु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल चालक कुइके गुरुङको टाउको र शरिरमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मोटरसाइकल पछाडी सवार निजको बहिनीको मुखमा चोट लागेको र अवस्था सामान्य रहेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर