‘स्थिरताका लागि कांग्रेस–एमाले गठबन्धन’

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस–एमालेबीच सरकार गठनका लागि गठबन्धन भएको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले बुधबार आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान कार्यक्रममा उनले अस्थिर सरकारका कारण मुलुकको विकासमा बाधा पुगेकाले स्थिरताका लागि नयाँ समीकरण बनाउनुपरेको बताए ।

पूर्वअर्थमन्त्री थापाले नयाँ सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरे । उनले राजनीतिक दलमा आवद्ध नेता तथा कार्यकर्ता समाजसेवाको भावनाले अगाडि बढे आर्थिक, सामाजिक तथा राजनीतिक समस्या समाधान र परिवर्तनलाई संस्थागत गर्न धेरै समय नलाग्ने जिकिर गरे ।

‘हरेक कुरामा राम्रो सम्भावना भएको नेपालजस्तो देश संसारमा अर्को भेट्टाउन सकिँदैन । त्यसैले सबैजना पवित्र भावनासहित देश र समाजको विकासमा लागेमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले भने, ‘विशेष गरी युवापुस्ताले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्नुपर्छ । निराशा र देखासिकीले देश बन्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *