दाजुको हत्या आरोपमा भाइ पक्राउ

म्याग्दीमा आफ्नै दाजुको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।

धौलागिरि गाउँपालिका–५, मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको अभियोगमा उनका भाइ ३९ वर्षीय सोमबहादुर छन्त्याल पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय, दरवाङबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो ।

घरायसी विवादमा एकआपसमा झगडा हुँदा भाइ सोमबहादुरले दाउराको चिर्पटले प्रहार गरेर दाजु धनबहादुरको हत्या गरेको आरोप छ । धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर