चलचित्र ‘घरज्वाइँ’ को प्रिमियर सम्पन्न

नेपाली चलचित्र ‘घरज्वाइँ’ को प्रिमियर शो सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।  प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरूसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुख इन्दिरा रानाले चलचित्र राम्रो भएको बताइन् । उनले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताइन् । पूर्वका मगरहरू छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगरहरू केही ढिलो गरी शिक्षित हुने स्थिति रहेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिल भोगिरहेका जीवनलाई चलचित्रमा उतारिएको बताइन् । उनले चलचित्रमा मगर समुदायको संस्कार र संस्कृतिका बारेमा उल्लेख गरिएको बताइन् ।

कार्यक्रममा अभिनेत्री मिरूना मगरले मगर समुदाय संस्कृतिमा कति धनी छ भन्ने कुरा यो चलचित्र खेलिसकेपछि थाहा पाएको बताइन् । उनले आफूलाई पूर्वका मगर समुदायबारे मात्रै जानकारी भए पनि पश्चिमका मगर समुदायको संस्कृति देख्न पाउँदा खुसी लागेको बताइन् ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्रका लागि साढे ५ वर्षदेखिको तयारी रहेको र सोहीअनुसार बनाइएको बताए । उनले आफूलाई संस्कृतिमाथि धेरै उत्कसुकता रहेको र सबैखाले संस्कृतिलाई बुझ्न आफूले रूचि राख्ने गरेको बताए ।

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

जनक घर्तीमगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरूना मगर, बुद्धि तामाङ, पुष्कर गुरूङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगरको अभिनय छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *