भारत जाँदै परराष्ट्रसचिव लम्साल

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बुधबार भारत जाँदै छिन् ।

बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज भारत जान लागेको हो ।

बैठकमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकमा सहभागी भएकाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने भएका छन् ।

लम्सालसहितको नेपाली प्रतिनिधिमण्डल शनिबार स्वदेश फिर्ता हुने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर