बाँकेमा धान रोप्दै गरेका दुई महिलाको चट्याङ लागेर मृत्यु, एक घाइते

बाँकेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना  घाइते भएका छन् ।

राप्ती सोनारी गाउँपालिका–२, हरियरपुर बस्ने ३४ वर्षीया सम्झना विक र सोही ठाउँ बस्ने ३७ वर्षीया बसन्ती भन्ने निमा उपाध्यायको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ३० वर्षीया शलिना डीसीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै चट्याङ लागेर शलिना घाइते भएकी छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *