भक्तपुरको गेष्ट हाउसमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

भक्तपुरस्थित एक गेष्ट हाउसमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार सिन्धुलीको हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुविलाल सिंतानलाई पक्राउ गरेको हो ।

उनीहरूले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१, मनोहरा–जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिँडो सर्भिस एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोप छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएर वेश्यावृत्तिमा लगाएको खुलेको छ ।

साथै प्रहरीले उक्त गेष्ट हाउसबाट ३ जना बालिकाहरूलाई उद्धार गरेको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर