मन्त्रालयको बाँडफाँट भइसकेको छैन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठन हुने सरकारका लागि मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको बताए । उनले को–को सरकारमा सहभागी बन्छन्, सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए ।

उनले कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताए । उनले सरकारमा सहभागी बन्ने अन्य राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको बताए । उनले सामान्यतः स्ट्रेन्थका आधारमा पार्टीहरूको स्थान निर्धारण गर्ने बताए ।

‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय, को–को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन्,’ अध्यक्ष ओलीले भने, ‘सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौं ।’

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताए । उनले उद्यमशीलता, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रिकीकरणमा ध्यान दिन जरूरी रहेको बताए । उनले उत्पादनका लागि पूर्वाधार विकासमा ध्यान दिनुपर्ने पनि बताए ।

उनले जनतालाई केन्द्रभागमा राखेर काम गर्ने बताए । उनले शिक्षालाई व्यावहारिक, जीवनोपयोगीमा परिणत गर्नु आजको आवश्यकता भएको बताए ।

हेर्नुहाेस् भिडियाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर