सुनको मूल्य स्थिर, चाँदीको घट्यो

स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य १५ रूपैयाँले घटेर एक हजार आठ सय ७० रूपैयाँमा किनबेच भइरहेको महासङ्घले बताएको छ । मङ्गलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर