पोखरामा तालको पानी घरभित्र पस्दा फसेका ४ जनाको उद्धार

कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
गुल्मी जिल्ला घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाका कारण पानीको सतह बढेर घरभित्र पस्दा फसेका थिए ।
सो घटनाबारे जानकारी पाएपश्चात् सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको उद्धार गरेको हो ।
यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटामा पहिरो घर पुरिँदा एक जनोका मृत्यु भएको छ । सो स्थान बस्ने ५१ वर्षीय मनबहादुर थापाको जस्ताले छाएको एक तल्ले कच्ची घर पहिरोले पुरिँदा बेपत्ता भएका उनका छोरा २२ वर्षीउ भीमबहादुर थापा बिहान ७ बजे मृत भेटिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *