अविरल वर्षाले भोजपुरमा सडक भासियो

अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३, मेस्पाङामा सडक भासिएको छ । भोजपुर–चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । उक्त स्थानमा आज बिहान सडक भासिएको हो ।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ,’ उपाध्यक्ष राईले भनिन्, ‘सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *