माओवादी संसदीय दलको बैठक बस्दै
२६ असार २०८१ १०:४८
नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
काँग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन पनि दलको बैठक बोलाइएको जनाएको छ ।
प्रतिक्रिया