एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्य विभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ । साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ ।

यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर