यी देशका पर्यटकले नेपालमा क्युआर कोडमार्फत भुक्तानी गर्न सक्ने

भारतीय नागरिक जस्तै चीन, बंगलादेश, श्रीलंकालगायत देशका नागरिकले पनि नेपाल आउँदा नगद बोक्नु नपर्ने र उनीहरूले क्युआर कोड भुक्तानी गर्न सक्ने व्यवस्था हुन लागेको छ ।

नेपाल राष्ट्र बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारका लागि द्विदेशीय सम्झौता गर्ने तयारी गरेको र त्यसका लागि नेपाली कम्पनीहरूलाई अनुमति दिइसकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको आगामी मौद्रिक नीतिका लागि सुझावसम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

हाल भारतसँग अन्तरदेशिय विद्युतीय भुक्तानी सम्बन्धमा सम्झौतासँग कारोबार पनि सुरु भएको छ । अब भारतसँगको जस्तै सम्झौता अरु राष्ट्रहरूसँग पनि हुन लागेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर