भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् । बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् ।

‘भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा गौतम गम्भीरलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ,’ शाहले पोस्ट गरेका छन् ।

गत संस्करणको आइपिएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधी जितेको थियो । उनले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आइपिएलको उपाधि जिताएका थिए ।

आइपिएलको २०२२ र २०२३ मा गम्भीरले लखनउ सुपर जायन्ट्सका मेन्टरको रुपमा काम गरेका थिए । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।

भारतले २००७ मा टी–२० विश्वकप र २०११ मा एकदिवसीय विश्वकप जित्दा उनी टीमको महत्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर