कमला नदीमा फसेका ६ जनाको उद्धार

सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ वर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु नदीको बीच भागमा फसेका थिए ।बीचमा फसेका उनीहरूको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले ट्यूव बोटको सहायताले उद्धार गरेको हो ।

यस्तै कल्‍याण नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका २ जनाको सशस्त्र प्रहरीले विहान दिउँसो करिव २ बजे सकुशल उद्धार गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीका कारण नदीमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उनीहरु उक्त जेसीबीका चालक तथा सह-चालक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर