मौद्रिक नीतिले बैंक र निजी क्षेत्र बचाउनुपर्छ : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी मौद्रिक नीति र व्यवसायी दुवै जोगाउन सञ्जीवनीका रूपमा ल्याउनुपर्ने बताएका छन् ।

महासंघले मंगलबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अगाडिको अन्तर्क्रियामा ढकालले वित्त नीतिबाट केही माग सम्बोधन भए पनि निजी क्षेत्र जोगाउने अवस्था नभएको बताए । उनले उत्पादनमूलक उद्योगको क्षमता बढाउन ऋणको ब्याजदर व्यापारभन्दा कम गर्न माग गरे । उनले पर्यटनमा सहज र सुलभ कर्जाको व्यवस्था हुनुपर्ने बताए ।

बजारमा माग सिर्जना गर्न साना बजार र गाउँमा बैंकहरूले साना-साना कर्जा पुर्‍याउने नीति ल्याउनुपर्ने उनले बताए ।

अहिलेको अवस्थामा उद्योग बन्द भए सहज अवस्थामा कर्जा तिर्ने र राफसाफ गर्ने वातावरण बनाउन समेत उनले माग गरे । उद्योग बन्द भएको अवस्थामा त्यस्तो कर्जा निष्क्रिय वर्गमा वर्गीकरण गर्ने र तत्काल असुली प्रक्रियामा जानुपर्ने हुन्छ ।

तर, अहिलेको विशेष परिस्थितले बन्द भएका उद्योगले नियमित प्रक्रिया अनुसार कर्जा तिर्ने व्यवस्था गर्नुपर्ने माग अध्यक्ष ढकालले गरे ।

यस्तोमा आगामी मौद्रिक नीति अझै लचिलो होस् भन्ने चाहेको उनले बताए ।

त्यसैगरी महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि व्यवसायीले सुधार गर्न सक्ने गरिसकेको भन्दै अब चालुपूँजी कर्जा मार्गदर्शन सहज बनाउन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरे ।

निजी क्षेत्रमा आर्थिक संकुचनले वार्षिक कारोबार घटेका कारण चालुपूँजी मार्गदर्शन कर्जा सीमाले व्यवसायीलाई थप दबाब दिँदै लगेको उनले बताए ।

श्रेष्ठले उद्योग स्थापना गर्दा हुने लगानीमा ऋण र त्यसको ब्याज पुँजीकरण गर्न पाउने व्यवस्था गर्न माग गरे ।

त्यस्तै नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले बैंकिङ र निजी क्षेत्र सँगसँगै जानुपर्ने बताए । निजी क्षेत्रको ‘ग्रोथ’ होस् भन्ने चाहना बैंकिङ क्षेत्रको रहेको र निजी क्षेत्र राम्रो भयो भने बैकिङ क्षेत्र अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर