सरकारको आर्थिक अवस्था कमजोर छ, अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बतएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे ।

उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको बताए । उनले त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बच्ने अवस्था नभएको बताए । उनले राष्ट्र बैंकले व्यवसायमा सुविधा दिनुको अर्थ पनि अर्थतन्त्रलाई बचाउनु भएको बताए ।

‘राष्ट्र बैंकले नीति लिँदा सर्वोपरि मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ । कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैंकलाई गाली पनि गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाँचेको छ,’ गनर्भर अधिकारीले भने, ‘नत्र त्यतिबेला नै व्यवसायको मृत्यु हुन्थ्यो होला । सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो ।’

उनले राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए । उनले घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरूमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिन सक्ने सहजता अपनाउने उल्लेख गरे ।

उनले लोन टु भ्यालु रेसियो, जोखिम भारलगायतका विषय माइक्रो पोलिसीमा समेटिने बताए । उनले यी विषयमा पनि गहन छलफल गरेर उचित नीति लिइने बताए ।

उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे । उनले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर