सहकारीसम्बन्धी छानबिन समितिले पीडितसँग छलफल गर्ने

सहकारी संस्था बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने विशेष समितिले जनाएको छ ।

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका उपायहरूको खोजी गरिने सभापति थापाले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर