देशका समस्याहरू सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौं : सांसद महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक भएको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एकअर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस-एमाले मिल्नुपरेको बताए ।

उनले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको बताए । उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधान गर्न दुई दल एक ठाउँमा आएको बताए ।

उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको बताए ।

‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठीक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौं,’ उनले भने, ‘बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ । त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौं ।’

उनले सबैलाई मान्य हुने गरी मन्त्रालयको बाँडफाँट हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर