नयाँ बन्ने सरकार भ्रष्टाचार ढाकछोपका लागि हो : सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका प्रकरणहरू छोप्नका लागि बन्न लागेको बताए ।

उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने बाटोमा कांग्रेस-एमाले गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको बताए । उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छाडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए ।

‘सरकार बनेकै त्यस्तै छोप्नलाई हो । त्यस्तै कुरा आइरहेको छ । गिरिबन्धुको छोप्नुपर्ने भयो, एक जना भाउजूको पनि छोप्नुपर्ने भयो, केके भनेर पनि कुरा आइरहेको छ,’ सांसद पाण्डेले भने, ‘भुटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ, त्यो नहोस् । त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस् ।’

सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुने कुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महसुस नभएको अनुभव आफूले गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर