भक्तपुरमा दुईवटा स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

भक्तपुरमा दुईवटा स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु छ भने एक जना घाइते भएका छन् ।

मंगलबार बिहान ६:१५ बजे सूर्यविनायक नगरपालिका-८, गुण्डु तीनधारेमा उक्त दुर्घटना भएको हो ।

सुवर्णेश्वरबाट काठमाडौं वर्ल्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प १७४८ नम्बरको स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०१७ प ५०१२ नम्बरको स्कुटी एकआपसमा ठक्कर खाएको हो ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीका अनुसार दुर्घटनामा बागमती प्रदेश ०२-०२२ प १७४८ नम्बरको स्कुटी चालक सूर्यविनायक-५, कटुन्जे बस्ने २२ वर्षीय राजाराम थापामगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको भक्तपुर अस्तपालमा उपचारका क्रममा बिहान ६:५५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा अर्को स्कुटीकी चालक सूर्यविनायक-५, गुण्डु मगरगाँउ बस्ने ४९ वर्षीया पार्वती नगरकोटी घाइते भएकी छन् र उनको मध्यपुर अस्पताल, ठिमीमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका दुवै स्कुटी नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर